काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं आएको घरबाट घरधनीले सोही दिन घर छाड्न उर्दि जारी गरे ।
बसुन्धाराकै एक कलेजमा कक्षा १२ मा अध्ययानरत ती युवतीलाई घरधनीले एकैदिनमा कोठा छाड्न भनेपछि उनी निक्कै तनावमा थिइन् । उनको अनुहारमा स्पष्ट देखिने तनावका कारण सुरुमा स्थानीय छिमेकीले समेत एक महिला विद्यार्थीलाई एक्कासि घर छाड्न भन्नु घरधनिको अन्यायपूर्ण व्यवहार भन्दै आलोचना गरे । तर जब २ वटा कोठा भाडा लिएर बस्ने १७ वर्षीय युवतीको धन्दाबारे उनीहरूले सुईको पाए तब छिमेकीसमेत अचम्ममा परे ।

मासिक ९ हजार भाडा दिनेगरि बसेकी ती युवतीको कोठामा उनकै कक्षामा पढ्ने झन्डै दर्जन विद्यार्थी दैनिकजसो पालैपालो सामूहिक यौनकार्यमा लाग्ने गरेको खुलेपछि ती युवतीलाई घरधनीले कोठा छाड्न उर्दि जारी गरेका हुन् । यसो त नेपालमा कानुनत निषेधित तर भित्रभित्रै झाँगिएको यौन व्यवसायबारे बेलाबेला विभिन्न तथ्यहरू सार्वजनिक हुने गरेको छन् ।

कहिले प्रहरी प्रशासनको धरपकड त कहिले सरकारी तथा गैह्र सरकारी संघसस्थाको सर्वेक्षणपछि यो पेसाबारे केही न केही नयाँ कुराले बजार तताउने गरेको छ ।

पछिल्लो बसुन्धरा घटनाले नेपालमा डरलाग्दो यौनव्यवसायबारेको अर्को सनसनीपुर्ण तथ्य उजागर भएको हो । केही समय पहिलेसम्म ठमेल तथा लेकसाईडका सडक हुदैं झाँगिएको अवैध यौन व्यवसाय पछिल्लो समय यसरि नाम चलेका विद्यालय र कलेजभित्रसमेत छिरेको घटनाले धेरै अभिभावकलाई समेत सोच्न बाध्य बनाएको छ । तर नेपालमा अस्वभाविक रूपमा झाँगिएको अवैध यौन व्यसायको पछिल्लो वास्तविकता भने यही हो ।

एक गैह्र सरकारी संस्थाले गरेको सर्वेक्षणमा समेत स्कुल कलेजमा पढ्ने विद्यार्थीहरू यसरी डरलाग्दो रूपमा यौन व्यवसायमा संलग्न हुँदै आएको तथ्य सार्वजनिक गरेको थियो । सो अध्ययनका आधारमा तयार भएको रिपोर्टमा स्कुल कलेज पुग्ने विद्यार्थीहरू विद्यालय समयमै सामूहिक यौनकार्यमा संलग्न हुने गरेको अनौठो र घृणित तथ्य समेत उल्लेख थियो ।

अध्ययन अनुसार स्कुल कलेज पढ्ने झन्डै १६ देखी १९ वर्ष समूहका किशोर किशोरीहरु शिक्षालय पोशाकमै यस्ता कार्यमा संलग्न हुने गरेको भेटिएको हो । यस्तो कार्यमा लाग्न अधिकांश विद्यार्थीहरू राजधानीबाहिरबाट आएर भाडामा लिएर बसेको आफ्नै वा साथी संगतीको कोठा प्रयोग गरे पनि केहीले भने आफैले मासिक भाडा तिर्नेगरि गोप्य स्थानको व्यवस्था गरेको समेत देखिएको छ । यसबाहेक होटेल रेष्टुरेण्ट लगायतका स्थानसँगै मानिसको कम उपस्थिति हुने खुला पार्कलाई समेत उनीहरूले यौन अखडाका रूपमा प्रयोग गदैं आएको खुलेको छ ।

यस्तो अवैध कार्यमा आकर्षित यूवायूवतीहरुले सामूहिक यौनकार्यपूर्व लागुऔसध समेत सेवन गर्ने गरेको स्वयंम विद्यार्थीहरू स्विकार्छन । आफ्नो स्कुल कलेज समयमा कलेज पुग्नुको साटो सिधै यस्ता अखडाहरुमा पुग्ने र साँझ घरमा फर्कने गरेका कारण उनीहरूका अभिभावक समेत यस्तो कार्यबारे अनविज्ञ रहने गरेको उनीहरूको भनाई छ ।

केही समय पहिलेसम्म उपत्यकाको होटलहरुलाई अवैध कार्य गर्न स्थानको रूपमा प्रयोग गदैं आएका यस्ता विद्यार्थीहरूले प्रहरीको निगरानी बढ्दै गएपछि आफैले भाडामा कोठा लिएर यस्तो कार्य गर्ने गरेको बताए ।

अझै अभिभावक सँगै नरहेका राजधानी बाहिरबाट आएर अध्ययन गदै गरेको विद्यार्थी बस्ने गरेकै कोठा यस्तो कार्यका लागी पहिलो रोजाई हुने गरेको उनीहरू निर्धक्क बताउछन् । तर यसरी रात दोगुना दिन चौगुनाका दरले झाँगिदैं आएको यस्तो अवैध कार्यका विषयमा भने प्रहरी प्रशासन स्वंयम विद्यार्थीका अभिभावक अनबिज्ञ छन् ।

विशेष गरी अभिभावकसँगै भएका यस्ता यूवायुवतीहरु समेत यस्ता कार्यमा संलग्न हुदाँ उनीहरूका अभिभावक आआफ्नो जाँगिर वा व्यवापार व्यवसायमा व्यस्त हुने भएकाले यसबारे अभिभावकलाई पत्तो नहुने गरेको छ ।

त्यसो त भाडामा लिएर यस्तो कार्यमा संलग्न हुने वा आफ्नै कोठाभित्र सामूहिक रूपमा अवैध कार्य गर्नेबारे सूचनाको अभावमा प्रहरीले समेत यस्ता घटनाबारे जानकार भए पनि नियन्त्रण गर्न नसकेको प्रहरीकै भनाई छ । टिभी अन्न्पूर्ण अनलाइनबाट

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...