सेवाग्राही मर्कामा गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नु पर्ने समस्या

सोलुखुम्बु । यहाँ रहेका आठ स्थानीय तहमध्ये छवटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य भएका छन् ।

लिखुपिके गाउँपालिकाका प्रमुख डम्बरबहादुर बस्नेत बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएको बताउनुहुन्छ । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ, त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनै पर्ने बाध्यता रहेको छ ।

अहिले सदरमुकाम रहेको दूधकुण्ड नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र दुईवटा निजीसमेत गरी चारवटा बैंकले सेवा दिइरहेका छन् भने खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेमा पनि राष्ट्रिय वाणिज्य बैंकको शाखा रहेको छ । तीबाहेक अन्य छवटा गाउँपालिकाको खाता सदरमुकामकै बैंकमा रहेको छ । बैंक नभएकै कारण कतिपय कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित हुन थालेका छन् ।

सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पु¥याउने भनेको भए पनि अहिलेसम्म पु¥याउन सकेको छैन । जिल्लाको दूधकोशी, दूधकौशिका, सोताङ र नेचासल्यान गाउँपालिकामा बैंकको शाखा राख्नका लागि प्रक्रिया अघि बढेको भए पनि महाकुलुङ र लिखुपिके गाउँपालिकामा अझै कुन बैंकले शाखा लैजाने भन्नेसमेत टुंगो छैन । महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराती बैंकले शाखा लैजान नमानेको भन्दै पहल भइरहेको बताए ।

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...