राष्ट्रिय नागरिक विकास समाजद्धारा विभिन्न व्यक्ति सम्मानित

काठमाडौं २४ भदौ । सामाजिक क्षेत्रमा विशेष भुमिका निर्वाह गर्दै आएको राष्ट्रिय नागरिक विकास समाजले सामाजिक क्षेत्रमा योगदान पु¥याउने समाजसेवीहरुलाई सम्मान गरेका छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी समाजले समाजसेवीहरुलाई सम्मान तथा अपाङगता भएका एवं पिछडा वर्गका बालबालिहरुलाई शैक्षिक सामाग्री तथा लत्ता कपडा समेत वितरण गरेको छ ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइराला, पशुपन्छी विकास राज्यमन्त्री गोमा कुवर, भूमीसुधार तथा व्यवस्था राज्यमन्त्री यशोदा लामा लगायतको उपस्थितिमा पर्यटन विकासमा सरोकारवालको भूमिका विषयक अन्तक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरी सम्मान तथ शैक्षिक सामाग्री वितरण गरिएको हो ।


कार्यक्रममा बोल्दै महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले राम्रो काम गर्नेलाई सम्मान गर्नु राज्यको दायित्व भएको कारण राज्य हरेक नागरिक प्रति जवाफदेही हुनुपर्ने बताइन । राज्यले छुट्टाउने बजेट भन्दा गैरसरकारी संस्थाहरुले भित्राउने बजेट बढी छ तर कतिपय ठाउमा सहि काम हुन सकेको छैन । सामाजिक क्षेत्रमा काम गर्ने कतिपय गैरसरकारी संस्थाहरुको कार्यक्रम र योजनाहरु कागजमा मात्र सीमित रहेको बताउदै कागजमा सीमित नभइ समाजमा काम गर्ने संघसंस्थालाई सम्मान गर्र्नु राज्यको दायित्वभित्र पर्ने उल्लेख गरिन । मन्त्री कोइरालाले भनिन ‘नेपाल सरकारले योजना गरेका कार्यक्रमहरु सार्थक छन तर कतिपय संघसंस्थाले गरेका काम कारबाहीहरु कागजमा मात्र सीमित छ ।’


त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै भूमीसुधार राज्यमन्त्री यशोदा लामाले नागरिक विकास समाजले गरेको काम अनुकरणीय रहेको उल्लेख गरिन । नागरिक समाजले समाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेर मार्गदर्शन गरेको छ त्यसलाई सबैले पहिल्याउने हो भने विभिन्न पिछडा बर्ग तथा अनाथ बालबालिका पनि राज्यको मुलधारमा आउन सक्छन भनिन । राज्यमन्त्री लामाले नेपालमा अहिले एउटै सस्कृतिको विकास भएको एउटै जातीलाई प्रोत्साह गरेको कारण विभिन्न जातीहरु पिछडिएको उल्लेख गरिन । कार्यक्रममा उपस्थित गराइएका चेपाङ बालबालिकाहरुलाई इंगित गर्दै नेपालको सस्कारका कारण जातीयतामा विभेद भएको बताइन । उनले भनिन, ‘नेपाली समाजका एउटै सस्कृति एउटै जातलाई अगाडि बढाउने संस्कार भएको छ तर नागरिक विकास समाजले सबै समुदायलाई अगाडि ल्याउने काम गरेको छ । संस्थाले गरे जस्तै राज्यले पनि काम गर्ने हो भने कुनै जात कुनै समुदाय आज पछाडि पर्नु पर्ने अवस्था हुने थिएन ।’ कार्यक्रममा बोल्दै काठमाडौंको गोकर्ण स्थित संयुक्त अपांग एकता आवास केन्द्रका अध्यक्ष  तिलबहादुर कार्कीले आश्रय दिएका ४२ जना बालबालिकाहरुको लागि आवस गर्न आफुले सक्ने सहयोग गर्न तयार रहेको बताइन ।


त्यसैगरी पशुपन्छी राज्यमन्त्री गोमा कुवरले संस्थाले गरेको कामप्रति आफु खुसी भएको र यस्तै सामाजिक काममा अगाडि बढन हौसला प्रदान गरिन । उनले समाजिक संस्था राजधानीमा मात्र सिमित भएको अवस्थामा दुरदराजमा सकेत पुगेर समाज सेव ागर्न आग्रह गरिन
कार्यक्रमा संयुक्त अपांग एकता आवासका अध्यक्ष तिलबहादुर कार्कीले बालबालिकाहरुको साथमा आफुलाई देखाउन पाउदा आफु पनि बालबालिका भएको महसुस गरेको बताए । आफु मृत्युलाई समेत जितेर समाज सेवा गर्न शक्ति प्रदान भएको बताउदै आफु ४२ जना बालबालिकाहरुको अभिभावक बनिरहदा पनि राज्यबाट कुनै सहयोग प्राप्त नभएको उल्लेख गरे ।


बालदिवको पूर्वसन्ध्या पारेर नागरिक विकास समाजले बालबालिकाहरुलाई कार्यक्रममा सम्मान गरिएको समाजका अध्यक्ष महेशजंग कुवंरले जनाए कुबरका अनुसार समाजले विभिन्न सामाजिक क्षेत्रमा सेवा दिर्दै आएको बताए । भर्खरैमात्र समाजले तारकेश्वर नगरपालिकामा एउटा एम्बुलेनस सञ्चालन गरेको बताए । त्यसैगरी तराइमा आएको बाढीपीडितहरुको सहयोगार्थ नेपाली सेवा समिति साउदी अरबको तर्पmबाट २५० थान कपडा समाजलाई प्राप्त भएको र उक्त कपडा बाढी पीडितलाई वितरण गरिने अध्यक्ष कुवरले बताए ।
कार्यक्रमा संयुक्त अपांग एकता आवास केन्द्रका अध्यक्ष तिलबहादुर कार्कालाई बालअधिकारको क्षेत्रमा विशेष योगदान पुराएवापत रु २१ ह्जार सहित बाल अधिकार सम्मान २०७४ बाट सम्मान गरिएको थियो ।

 

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...