मिस टुरिजममा आवेदन खुल्यो, २५ उमेर ननाघेको अविवाहित युवती हुनुपर्ने

काठमाडौँ, १८ भदौ । मिस टुरिजमको दोस्रो संस्करण आगामी कात्तिक १८ गते आयोजना हुने भएको छ ।

प्वाइन्ट मिडिया प्रा लि ले गतवर्ष झैँ यसवर्ष पनि प्रतियोगिता गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिस टुरिजम–२०१७’ आयोजना गर्न लागिएको प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताए ।

यसपटक “मिस टुरिजम–२०१७” मा सहभागी हुन चाहनेहरुका लागि भोलि सोमबारदेखि असोज ६ गतेसम्म देशभर आवेदन खुल्ला गरिएको आयोजकले जनाएका छन् । प्रतियोगिताका लागि १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाहरुले आवेदन दिन पाउनेछन् ।

यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, आन्तरिक पर्यटकहरुको वृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने आयोजकको अपेक्षा छ ।

मिस टुरिजम–२०१७ लाई नगद रु ५० हजार, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गरिने जनाइएको छ ।

त्यस्तै, मिस टुरिजम फस्ट रनर अप लाई नगद रु ३० हजार र मिस टुरिजम सेकेण्ड रनर अप लाई नगद रु २० हजार प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरहरु पनि प्रदान गरिने आयोजकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले मिस टुरिजम नेपालको समग्र पर्यटन क्षेत्रको एउटा उत्पादन भएको वताउँदै प्रतियोगितालाई गुणस्तरीय र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाले मिस टुरिजमलाई सफल पार्न नेपाल उद्योग वाणिज्य महासंघ सहयोग गर्न तयार रहेको वताउँदै प्रतियोगितालाई गुणात्मक बनाइनुपर्ने खाँचो औँल्याए ।

ट्रेकिङ एजेन्सिज एशोशिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्रप्रसाद रिजालले मिस टुरिजममा रुप र ज्ञान दुवैमा योग्य व्यक्ति छनौट हुनुपर्ने वताए ।

टानका पूर्व अध्यक्ष दीपक महतले मिस टुरिजमको भूमिकालाई फराकिलो बनाउन समग्र पर्यटन क्षेत्र लाग्नुपर्ने वताए ।

नेपाल योग एशोशियसनका अध्यक्ष मोहन लम्साल, पर्यटन व्यवसायी राजन सिंखडालगायतले मिस टुरिजम पर्यटन क्षेत्रकै नयाँ प्रोडक्ट रहेको वताउँदै यसलाई अन्तर्राष्ट्रियस्तरमा पनि लैजानुपर्ने बताए ।

राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारीले मिस टुरिजम पर्यटन क्षेत्रकै नयाँ प्रडक्ट भएकोले यसलाई सफल पार्न समग्र सबैको सहयोग चाहिने बताए । कार्यक्रममा मिस टुरिजम–२०१६ को उपाधी प्राप्त ओरुषा थापाले आफ्नो अनुभव सुनाउँदै सामाजिक कार्यमा सहभागीता जनाउँदा जिम्मेवारी महशुस भएको बताए ।

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...