‘दिल्लीमा देउवाजीले त्यसरी नबोलेको भए हुन्थ्यो’

१२ भदौ, काठमाडौं । डा। शेखर कोइराला पदका हिसाबले अहिले कांग्रेस केन्द्रीय सदस्य हुन् । उनी अहिलेसम्म राज्यका लाभदायी पदमा पुगेका छैनन् । एक सांसदका रुपमा उनी पार्टीभित्र सधैं प्रतिपक्षी बेञ्चमा बसेको भान हुन्छ । उनी आफ्नै काका गिरिजाप्रसाद कोइराला मात्र होइन, दाजु नाता पर्ने सुशील कोइरालाका पनि आलोचकका रुपमा देखा परेका थिए ।

 

अहिले पार्टी नेतृत्वमा पुगेका सभापति शेरबहादुर देउवाका पनि कटु आलोचकका रुपमा देखा परेका डा। कोइरालासँग अनलाइनखबरले कांग्रेसको अवस्थिति, समसायिक राजनीति र छिमेकी मुलुकसँगको सम्बन्धका विविध आयामबारे कुराकानी गरेको छ । कुराकानीका क्रममा डा। कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति खरो आलोचना गरेका छन् ।

प्रधानमन्त्रीले शेरबहादुर देउवाले नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ‘संविधान संशोधन गरेर जाने’ भन्नु कति आवश्यक थियो ? 
उहाँले वान टु वान छलफलमा के कुरा गर्नुभयो, मलाई थाहा छैन । उहाँले पत्रकार सम्मेलनमा लिखित मन्तव्यभन्दा बाहिर गएर बोल्नुभएको छ । त्यसरी नबोलेको भए राम्रो हुन्थ्यो । आखिर विज्ञहरुले नै मन्तव्य लेखेर दिएका थिए ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी विश्लेषण गर्नुभयो रु सफल भयो कि असफल ?

कसैले धेरै सफल भयो भन्छन्, कसैले पूर्ण असफल भयो भन्छन् । कसैले संविधान संशोधनको प्रसंग उठाएकामा आपत्ति जनाइरहेका छन् । तर, यसो पल्टाएर हेर्‍यो भने यसबीचका चार प्रधानमन्त्रीले एउटै विषय उठाइरहेको पाउँछु ।

भारतसँग हतियार खरिद गर्दा ६० प्रतिशत अनुदान र ४० प्रतिशत हामीले हाल्नुपर्दो रहेछ । हामीले तिर्नुपर्ने ४० प्रतिशत मिनाहा गरिदिन केपी ओलीले पनि भन्नुभयो, पुष्पकमल दाहालले पनि र अहिले शेरबहादुरजीले पनि । सुशील कोइरालाले पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएका बेलामा भन्नुभएको थियो ।

के दुई अर्ब रुपैयाँ हामीले भारतलाई दिन सक्दैनौं रु तिमीसँग हतियार किन्छौं, सबै पैसा हामी नै दिन्छौं भनेर भन्न सक्नुपर्‍यो नि । किन अनुदान लिने हामीले रु नेपाल कमजोर छ, पैसा छैन भन्ने हो रु हामी सक्छौं भनेर हामीले देखाउन सक्नुपर्छ । यस्ता कुरा मलाई उचित लाग्दैन । यसमा हामी कोही बोलिरहेका छैनौं ।

पञ्चेश्वरमा हामी जहाँको त्यहीँ छौं अहिलेसम्म । नयाँदिल्लीमा हस्ताक्षर भएका कुरा त भारतले काठमाडौंमै प्रतिवद्धता गरेकै कुरा हुन् । भूकम्प पीडितलाई ५० हजार घर भनेर भारतले भनेकै हो त । ३र४ वर्षदेखि एउटै कुरा सुनिरहेका छौं । नयाँदिल्लीमा केही नयाँ भएजस्तो लाग्दैन । भोलि अर्को प्रधानमन्त्री गए पनि यिनै कुरा लेखिने हुन् ।

यसपटक सहयोगका १० वटा नयाँ क्षेत्र पनि पहिचान भएको कुरा आएको छ नि ?

रेल कनेक्टिभिटी त धेरै पहिलेदेखि भन्दै आएको कुरा हो । अरु ९ वटा विषय पनि पुरानै हुन् । चार्टर एकाउन्टेन्टको विषय मात्र यस पटक नयाँजस्तो लाग्यो । सुशील कोइरालादेखि शेरबहादुरजीसम्म लगभग एउटै कुरा पाइरहेको छु । त्यसैले यसलाई सद्भाव भ्रमण भन्छु ।

शेरबहादुरजीले राम्रो ‘रेड कार्पेट वेलकम’ पाउनुभएको छ । कांग्रेस यसमा गर्व गर्छ ।

अब अलिकति नेपाली कांग्रेसको आन्तरिक राजनीतिका विषयमा कुरा गरौं, पार्टीमा महामन्त्री, कोषाध्यक्ष र अन्य पदाधिकारी पनि हुँदाहुँदै पार्टी सभापतिले केन्द्रीय सदस्य विमलेन्द्र निधीलाई कार्यवाहक दिएर नयाँदिल्ली उड्नुभयो । यसमा के भन्नुहुन्छ ?
कांग्रेसको विधानअनुसार उपसभापतिलाई कार्यवाहक दिनुपर्छ । उपसभापति नियुक्त गरिएको छैन । कांग्रेसको परम्परा अनुसरण गरेको भए वरिष्ठ नेतालाई दिएको भए हुन्थ्यो । वरिष्ठ नेता रामचन्द्र पौडेल या महामन्त्री सशांक कोइरालालाई दिएको भए हुन्थ्यो । सबैभन्दा ज्येष्ठ नेता कुलबहादुर गुरुङलाई दिएको भए पनि हुन्थ्यो ।

अनलाइनखबरमार्फत् म शेरबहादुरजीलाई सोध्छु( सिंगापुर जाँदाचाहिँ किन कार्यवाहक कसैलाई नदिनुभएको रु आज किन दिनुपर्‍यो रु यसको जवाफ हामीलाई चाहियो । विमलेन्द्रजीलाई बनाएकामा मलाई आपत्ति होइन । तर, सभापतिको अधिकार हो भने सिंगापुर जाँदा किन दिनुभएन रु भारत भ्रमणमा पाँचै दिनका लागि जानुभएको थियो, कार्यवाहक तोक्नुपर्ने जरुरी थिएन ।

कांग्रेसमा उपसभापति बनाउने चलन धेरै पछि आएको हो । त्यसअघि वरिष्ठतालाई आधार मान्ने चलन थियो । शेरबहादुरजीले पार्टी पद्दति ‘ब्रेक’ गर्नुभयो । पार्टी भनेको पद्दतिमा हिँड्ने हो । विमलेन्द्रजीलाई उपसभापति बनाएरै कार्यवाहक दिएर गएको भए पनि हुन्थ्यो नि ।

कोइराला परिवारको एकता देखेर डराउनु भएको हो कि ?
त्यसोभए सिंगापुर जाँदा पनि डराएको भए हुन्थ्यो नि ।

कोइराला परिवारका तीनजना नेता एक ठाउँमा उभिएको सन्देश दिने गरी दुईवटा श्रृंखला चलिसकेका छन् । यसको अर्थ के हो रु
सञ्चार माध्यमले अलि बढी नै उछालेको जस्तो पनि लाग्छ । हामीले नगर्दा पनि किन टाढा छौ भन्छन् । तीन जनाबीच राजनीतिक मनमुटाव छ भन्ने प्रश्न पनि आउने गर्छ । कार्यकर्ताले पनि त्यसै भन्छन् । भेट्दा पनि समाचार बन्ने भयो ।

हुन त, हामीले राजनीतिक भेटघाट नै गर्न खोजेका हौं । बसेर खाना खाने उद्देश्य मात्रै होइन । कांग्रेस प्रजातान्त्रिक पार्टी हो । देश अहिले एकदमै लथालिंग भएको देखिन्छ, अहिले । अहिलेको सरकारका पालामा मात्र होइन, धेरै पहिलेदेखि अन्य धेरै मुद्दामा यस्तो देखिन्छ । र, कांग्रेस पनि कमजोर देखिएको छ ।

जसले जेसुकै भने पनि नेपालमा अहिले प्रजातान्त्रिक पार्टी कांग्रेस मात्रै हो । कांग्रेस कमजोर भयो भने प्रजातन्त्र कमजोर हुन्छ र प्रजातन्त्र कमजोर हुँदा देश कमजोर हुन्छ । त्यसैले देशको चिन्ता लागेर हामी एक ठाउँमा बस्न खोजेका हौं । कांग्रेसलाई मजबुत गराउन भनेर बसेका हौं ।

यसको ‘टार्गेट’ आसन्न संघीय र प्रादेशिक संसदको निर्वाचन तथा कांग्रेसको १४ औं महाधिवेशन पनि हो कि ?
अहिले त्यस्तो कुनै टार्गेट छैन । तर, मान्छे अडकलबाजी त लगाउँछन् । हामी मिलेकै थियौंरछौं । १३ औं महाधिवेशनमा पनि मिलेका थियौं । १२ औं महाधिवेशनमा पनि आपसमा सहयोग गरेकै हौं । १४ औंमा पनि हामी मिलेरै जान्छौं ।

कांग्रेस फेरि वंशवादतिर फर्किन लागेको हो ?

 

कांग्रेस बीपी कोइरालाले स्थापना गर्नुभएको पार्टी हो । त्यसमा शंका छैन । त्यहाँ गणेशमान सिंह, सुवर्णसमसेरजस्ता नेताहरु पनि हुनुहुन्थ्यो । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधिजस्ता धेरै नेता हुनु हुन्थ्यो । बीपीको नेतृत्वमा उहाँहरु सबै मिलेर कांग्रेसलाई अगाडि बढाउनु भएको हो ।

त्यसलाई मानिसले कोइरालाहरुको पार्टी भएको रुपमा पनि हेर्ने गर्छन् । त्यसरी हेर्नु भएन । हामीले समष्टिगत हिसाबले कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी हो भनेर हेर्नु पर्‍यो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अंगालेर हिँडेको पार्टी कमजोर हुँदैछ भनेर विश्लेषण गर्नुपर्छ । सुजाता र सशांकको विश्लेषण पनि यही हो ।

पार्टी बलियो बनाउन त नेतृत्वमा पुग्नु जरुरी छ नि होइन र ?
नेतृत्वमा भोलि म नै पुगें भने पनि मैले जे गरें त्यो नै ठीक हो भनेर अहिलेजसरी पार्टीलाई अगाडि बढाउनु हुँदैन । त्यसरी पार्टी चल्दैन, कमजोर हुन्छ ।

कांग्रेसमा कोइराला परिवारका तीन नेता देखिनुहुन्छ । सबैको नेताचाहिँ को त ?
को हुन्छ, के हुन्छ अहिले भन्न सकिँदैन । हामी सबै दौडमा छौं । जनताले कसलाई स्वीकार गर्छन् भन्नेमा निर्भर हुन्छ । हामीबीचमा तिक्तता पनि छैन । एकअर्कालाई सहयोग गर्ने कुरा रहिरहन्छ । मिलेरै अगाडि जान्छौं । जस्तो परिस्थिति आउँछ, त्यहीअनुसार अगाडि बढ्छौं ।

आगामी महाधिवेशनमा पार्टी सभापति नै लड्ने विचार हो ?
हेरौं के हुन्छ । अहिले नै यसै गर्ने भनिहाल्ने अवस्था छैन । तर, अहिलेकै अवस्थामा कांग्रेसचाहिँ चल्न सक्दैन भन्ने कुरामा स्पष्ट हुनुपर्‍यो । विभिन्न मुद्दामा अहिले जसरी कांग्रेस चल्दैछ, यसरी चल्दैन ।

भाइबहिनीलाई अगाडि बढाउने कि तपाईं आफैं अगाडि बढ्ने हो ?
राजनीति गर्दा आफू अगाडि जाऊँ भन्ने त हुन्छ नै । त्यो मलाई पनि छ । यो स्वाभाविकै कुरा हो । तर, यसमा कार्यकर्ताले कसलाई रुचाउँछन् भन्ने हुन्छ । बीपीको छोरो शशांक, गिरिजाप्रसादकी छोरी सुजाता, नोनाको छोरो शेखर । कोशिस गर्नुपर्छ, हुन्छ त्यो ।

तपाईंको विश्लेषणमा शेरबहादुर देउवाले पार्टीलाई कहाँ पुर्‍याएजस्तो लाग्छ ?
उहाँ पार्टी सभापति हो । जसरी पार्टीलाई उहाँले डोर्‍याइरहनुभएको छ, त्यो राम्रो भइरहेको देख्दिनँ म । किनभने, सभापति भइसकेपछि पार्टीको मापदण्ड के हो रु त्यो भनेको निर्वाचन हो र त्यसमा गाँसिएका जनता हुन् । पार्टी भनेको महाधिवेशन मात्र होइन । पार्टीका छनोट भएका मानिसले मत दिएर जित्ने हो, महाधिवेशनमा । तर, कांग्रेसको छवि मुलुकका निर्वाचनहरुले देखाउने हो ।

अहिले ६ वटा प्रदेशमा कांग्रेस कमजोर भएको छ । त्यसको लेखाजोखा भविष्यमा होला । संसदमा ठूलो पार्टी छ । सबैभन्दा लोकतान्त्रिक पार्टी भन्छौं । तर, कांग्रेसले निर्वाचनमा किन राम्रो प्रदर्शन गर्न सकेन त रु त्यसको मुल कारण उम्मेदवारी चयन हो । त्यसलाई पार्टी नेतृत्वले नजरअञ्दाज गर्‍यो ।

म नै सभापति भएँ भने पनि मेरो कार्यकालमा भएका चुनावमा पार्टीको स्थिति राम्रो भयो कि भएन भनेर मूल्यांकन गर्नु पर्छ । त्यो मापदण्ड हेर्न सकिएन भने त्यसको अर्थ छैन ।

त्यसोभए पार्टी सभापतिले आफू निकटस्थ व्यक्तिलाई मात्र उम्मेदवार बनाउनु भएको हो त ?
म त्यसो भन्दिनँ । शेरबहादुरजी या जसले उम्मेदवार छनोट गर्‍यो, आफ्ना मानिसलाई प्रोत्साहित गर्ने काम भयो । शेरबहादुरजी पनि त्यसमा संलग्न हुनुहुन्छ । पार्टी सभापति भएकाले जिम्मेवारी उहाँको बढी हो । त्यसपछिको जिम्मेवारी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला र समितिमा भएका वरिष्ठ साथीहरुको हो ।

दोस्रो, जनतामा कांग्रेसको छवि के छ भन्ने कुरा हो । विगतमा कांग्रेसकै वरिपरि नेपालको राजनीति घुमिरहेको थियो । ००७ सालदेखि संविधान बनाउन्जेल पनि त्यो कायम थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री बन्दा पनि उहाँको वरिपरि राजनीति घुमेको थिएन । गिरिजाप्रसाद कोइराला नै केन्द्रमा हुनुहुन्थ्यो ।

त्यसअघि पनि गणेशमान, किसुनजीको वरिपरि घुमेको थियो, राजनीति । संविधान बनाउन्जेलसम्म सुशील कोइरालाको वरिपरि पनि घुम्यो । अहिले राजनीति कांग्रेसको वरिपरि घुमेको छ त ?

तर, गल्ती त सुशील कोइरालाले नै गरेका हुन् नि होइन, केपी ओलीविरुद्ध प्रधानमन्त्रीको उम्मेदवारी दिएर रु
मलाई त्यस्तो लाग्दैन । संसदीय प्रणाली अनुसरण गर्ने हो भने दुई वटा ठूला पार्टी एक ठाउँमा उभिनु हुँदैन । त्यसो हुँदा त ‘कार्टेलिङ’ भइहाल्छ नि । यसबीचमा त राजनीतिक दलहरु र ठूला नेताहरुको कार्टेलिङ भइरहेकै छ नि । संविधान बनाउँदा कार्टेलिङ भएन रु कांग्रेस, एमाले र माओवादी मिले, संविधान जारी गरिदिए ।

त्यसो नगर्नुस् भनेका थियौं हामीले । ६ वटा प्रदेश बनाइयो, सुर्खेतमा आन्दोलन भयो, तीन जना मारिए, सातौं प्रदेश घोषणा भइहाल्यो । मधेसमा ५२ जनाको मृत्यु भइसकेको उहाँहरुले देख्नु भएन । त्यो पाटो सोच्नुपर्थ्यो नि त । अहिले पनि बूढीगण्डकीमा के भएको छ रु किन कांग्रेस चुप छ, बूढीगण्डकीमा । एमाले किन चुप छ ?

के चिनियाँ कम्पनी गेजुवालाई बूढीगण्डकी आयोजना दिनु नै गल्ती थियो त ?
कसले पायो भन्ने कुरा गौण हो । चिनियाँ कम्पनीले पाओस्, मेरो सरोकारको विषय होइन । तर, गेजुवाले जुन तरीकाले पायो, त्यो ठीक थियो रु सरकार भोलि परिवर्तन भएर शेरबहादुरजीको नेतृत्वको सरकार आउँदैछ । अनि, गेजुवाको नेपाल प्रतिनिधिसित ऊर्जा मन्त्रीले सम्झौता गर्छन् । कांग्रेस चुप लागेर बसेको छ । एमाले झन् चुप छ । कार्टेलिङ होइन यो रु जनताले त सोध्नुपर्‍यो नि किन कांग्रेस र एमाले चुप छन् भनेर । कतै सबैको मिलेमतो त छैन भनेर सोच्नु पर्‍यो नि हामीले ।

अहिले शेरबहादुरजीको सरकारमा गृहमन्त्रीजीले दुईवटा प्रहरी फोर्स सिर्जना गर्न खोजिरहेका छन् । सल्लाहकार बनाए, ठीक छ उनको अधिकारको कुरा भयो । तर, त्यो सल्लाहकारको कार्यकक्ष प्रहरी प्रधान कार्यालयमा छ । प्रधानमन्त्री भएपछि शेरबहादुरजीले हुँदैन भन्न सक्नुहुन्न रु कांग्रेसको इज्जत कहाँ गयो त रु अनि, एसएसपी, एसपी, डीएसपीको दरबन्दी दिने सल्लाहकारका लागि रु प्रहरीमा दुईवटा धार खोजेको हो हामीले रु अहिलेका प्रहरी महानिरीक्षकले कसरी काम गर्छन् ?

प्रहरी प्रधान कार्यालयभित्र मन्त्रीको सल्लाहकारको कार्यालय हुन्छ । अनि, हामी तैं चुप मै चुप रु कति गम्भीर कुरा हो यो रु कोही बोल्दैन । यो कुरा हामीले गम्भीरतापूर्वक लैजानुपर्छ ।

माओवादीले भन्यो भन्दैमा प्रधानन्यायाधीशमाथि कांग्रेसले महाभियोग प्रस्ताव राख्ने रु माओवादीले त पहिले पनि अख्तियार प्रमुखविरुद्ध महाभियोग प्रस्ताव अगाडि सारेको थियो नि । त्यो पनि गलत थियो भन्छु म । लोकमानसिंह कार्कीलाई व्यवस्थापन गर्ने अरु धेरै उपाय थिए नि त । उनले गल्ती गरेका थिएनन् भनेर म भन्दिनँ ।

तर, प्रधानन्यायाधिशमाथि राजनीतिमा रिक्तता ल्याउन खोजेको आरोप पनि थियो नि ?
उहाँले के गर्न खोज्नुभयो, कसो गर्न खोज्नुभयो भन्नेमा म जान्नँ । तर, कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले महाभियोग अगाडि सार्नुहुन्थ्यो रु

संविधानको व्यवस्था अनुसरण गर्दा अप्रजातान्त्रिक कसरी भयो र ?
संविधानमै भएको व्यवस्था हो भने पनि कांग्रेसले नै गलत काम गरेको छ । त्यो निर्णय नै गर्नु हुँदैनथ्यो कांग्रेसले ।

आखिर न्यायपालिकाले पनि त राजनीतिमा हस्तक्षेप गरेको आरोप लागेको थियो नि ?

हामी आफैं भन्छौं, न्यायपालिका स्वायत्त संस्था हो भनेर । प्रजातान्त्रिक परिपाटी भनेकै न्यायपालिकाले गलत गरेको छ र चित्त बुझेको छैन भने पनि स्वीकार गर्ने हो । हामीलाई बीपी कोइरालाले त्यही सिकाउनुभएको हो ।

न्यायाधीश नियुक्तिमै पार्टीका कार्यकर्तालाई भर्ति गरिएको आरोप लागिरहेको छ नि?
यसमा कसको गल्ती रु न्यायपालिकालाई किन दोष दिने रु नियुक्ति गर्नेबेलामा कांग्रेस, एमाले र माओवादीको मानिस नियुक्त गर्ने, अनि न्यायपालिकालाई दोष दिन मिल्छ रु पार्टी कार्यकर्ता गएपछि त यस्तै हुन्छ त । गल्ती त कार्टेलिङ गर्ने पार्टीहरुले गरेका हुन् नि । पार्टीहरु देशलाई कार्टेलिङमा चलाउन खोज्दैछन् । स्वतन्त्र र राम्रो मानिसलाई लगौं न न्यायपालिकामा, यस्तो अवस्था आउँदै आउँदैन ।

मुद्दा कसको फाँटमा पुग्छ, फैसला के आउँछ भनेर अगाडि नै अनुमान लगाउन सकिन्छ । त्यो त गलत हो नि । म न्यायपालिकालाई दोष दिन्नँ, कांग्रेसलाई दोष दिन्छु । किनभने, कांग्रेस प्रजातान्त्रिक पार्टी हो । एमाले र माओवादीलाई दोष दिन्नँ, किनभने उनीहरु प्रजातान्त्रिक पार्टी होइनन् । यो सबै बिगारेको कार्टेलिङले हो ।

तपाईले देउवाको कार्यशैलीको आलोचना गर्नुभयो, तर कोइराला परिवार र रामचन्द्र पौडेलको सम्बन्ध पनि त न्यानो छैन भनिन्छ नि ?
त्यो पनि गलत कुरा हो । सम्बन्ध राम्रोरनराम्रो भनेको राजनीतिक मुद्दामा आउने अडानको विषय हो । शेरबहादुरजीले राम्रो काम गर्दा हामीले सहयोग नै गरिरहेका छौं । रामचन्द्रजीले राम्रो गर्दा पनि सहयोग गरिरहेका छौं । मैले त केन्द्रीय समितिमा भनेको छु, सभापतिको हात, खुट्टा बाँधेर राख्नुहुँदैन । शेरबहादुरजी सभापति भइसकेपछिको कुरा हो यो । किनभने, धेरै कुरा सभापतिको तजबिजीमा आधारित हुन्छन् ।

कार्यकर्ता पंक्तिमा रामचन्द्र पौडेलले राजनीति अगाडि बढाउन छाती ठूलो बनाउनुपर्छ, उनलाई अगाडि बढाउन कोइराला परिवारले पनि छाति ठूलो बनाउनु पर्छ भन्ने छ नि ?
रामचन्द्रजीलाई कोइरालाहरुले सहयोग गरेका छैनन् भनेर कसैले भन्छ भने त्यो कांग्रेस नै होइन । तर, उहाँले गरेका सबै कामको छड्के किनाराको साक्षी बस्न मचाहिँ तयार छैन । शशांक र सुजाताले के गर्छन्, म भन्न सक्दिनँ । मैले गिरिजाबाबु र सुशील दाइसँग त यस्तो काम गरिनँ, अरुसँग गर्ने प्रश्नै आउँदैन ।

बिराटनगर महानगरको चुनावमा तपाईंको सक्रियता देखियो । बाढी प्रभावित क्षेत्रमा पनि घर(घर पुग्नुभयो । यसलाई पार्टी नेतृत्वको दौडका रुपमा अर्थ्याउन सकिँदैन र ?
राजनीति गर्ने मान्छे चुनावमा खटेन भने किन राजनीति गर्नु रु चुनावमा जिताउन सकेन भने हामीले आफ्नो वर्चश्व कसरी स्थापित गर्ने रु राजनीति भनेको जनता हुन् । र, जनतालाई दुःख भएको बेलामा उनीहरुका साथमा पुग्न सक्नुभएन भने केका लागि राजनीति गर्ने ।

सांसदहरु आफ्नो निर्वाचन क्षेत्र डुबेका बेलामा काठमाडौंमा बसिरहेको देख्छु । जनताको पीडा र दुःख त उनीहरुको घर(घर पुगेर बुझ्न सक्नु पर्‍यो नि । केही त्रिपाल, चामल, दाल या अन्य केही राहत सामग्री त दिन सक्ने हो । तर, घर(घर पुगेर उनीहरुको पीडामा साथ दिनु अलग्गै कुरा हो ।

मैले त कांग्रेसमार्फत् पनि गरेको होइन । नोना कोइराला स्मृति प्रतिष्ठानमार्फत् गरेको हुँ । उनीहरुको दुःखमा सामेल हुनु सबैभन्दा महत्वपूर्ण हो भन्ने मलाई लाग्छ । काठमाडौं बसेर म जनताको पीडा बुझ्न सक्दिनथें ।

सशांकले बीपी, सुजाताले गिरिजाप्रसाद र शेखरले नोना कोइरालाकै नाम लिएर राजनीति गर्नुपर्ने किन नि रु किन सबैले कृष्णप्रसाद कोइरालाको नाम लिन नसक्नुभएको ?
कोइरालाको नामबाट राजनीति गर्ने होइन । बीपी कोइरालाले स्थापना गरेको पार्टी हो । र, कृष्णप्रसाद कोइरालाले हाम्रा बुवा खलकहरुलाई एउटा संस्कार दिएर जानुभएको थियो । हामीले त्यही संस्कार अनुसरण गरिरहेका हौं । कसले कति सकेको छ, त्यो आफ्नो ठाउँमा छ । नसक्नेहरु पछाडि पर्दै जाने हो ।

अब आशन्न चुनाव र मधेसका विषयमा कुरा गरौं, तेस्रो चरणको चुनाव सकिएपछि आगामी मंसिरमा संघीय र प्रदेश संसदको चुनाव हुँदैछ । कांग्रेसले विगतमा किसुनजीलाई सारेजस्तो भावी प्रधानमन्त्रीको उम्मेदवार अगाडि सार्नुपर्दैन ?
संसदीय राजनीतिमा प्रधानमन्त्रीको उम्मेदवार अगाडि सार्नुको औचित्य हुँदैन । तर, अहिलेको परिप्रेक्ष्यमा सार्दा राम्रै हुन्छ ।

सम्भावित नेता को त ?
सम्भावित मान्छे जो पनि हुन सक्छ । कांग्रेसले कसलाई रुचाउँछ, जनताले कसलाई रुचाउँछन्, मत कसले ‘क्यास’ गर्न सक्छ, यो विषय त्यसैमा निर्भर हुने हो ।

त्यसको अर्थ अहिले कांग्रेसमा सर्वसम्मत नेता छैनन् भन्ने हो ?
मैले त त्यस्तो सर्वसम्मत मान्छे देखिराखेको छैन ।

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...