‘ओभरटाइमले बाँचेका छौं’

हरिपुर ३, सप्तरीका हरिलाल विश्वकर्मा ओमान जानुअघि ललितपुरको गोदावरी मार्बलमा काम गर्थे । ५६ वर्षीय विश्वकर्मामा २० वर्षको उमेरमै विदेश जाने चाहना थियो । ‘गाउँमा हलो जोत्दा सधैं आकाशमा जहाज उडेको देख्थेँ । त्यो कहिले चढ्ने होला भन्ने सपना देख्थेँ,’ उनले भने, ‘त्यो सपना २० वर्षपछि पूरा भयो ।’

गोदावरीको मार्बल कम्पनी बन्द भएपछि हरिलालको ओमान जाने बाटो खुल्यो । ‘त्यतिखेर ओमानी कम्पनी गएर हामी सबै कामदारलाई उठाएर ल्यायो,’ उनले भने, ‘यो कर्ममा मरुभूमिको मार्बल पनि फुटाउन लेखिएको रहेछ ।’

हरिलाल काम गर्ने आरएमजी कम्पनीमा १ सय ७८ कामदार छन् जसमा नेपाली ७८ जना छन् । ‘म त आफूलाई भाग्यमानी ठान्छु । किनकि ४० वर्ष कटेपछि यहाँ आएँ । मैले त उमेर छँदा परिवारसँग बस्ने मौका पाएँ,’ उनले भने, ‘मेरो छोरो पनि मसँगै काम गर्छ । अहिले २०र२२ वर्षका धेरै युवा यहीं छन् । उनीहरू निकै अभागी रहेछन् । बिचरा, कोही परिवारसँग बस्न नपाउने भए ।’

हरिलाल बढीमा थप दुई वर्ष बस्ने योजनामा छन् । ‘१० वर्षदेखि यहाँ पत्थर फुटाउन थालेको हो । नातिनातिनाले काम गर्ने बेला आयो । यो बूढो शरीरमा थप पत्थर फुटाउन सक्ने क्षमता छैन,’ उनले भने, ‘अब आराम गर्न देश जाने हो ।’ उनीसँगै दुवीकाल ८, खोटाङका ३० वर्षीय दीपक तमु ७ वर्षदेखि काम गरिरहेका छन् । ‘जम्माजम्मी २०र२५ हजार कमाउन मरुभूमिको ढुंगा काट्न आउनुपरेको छ । कम्पनीले त शोषण नै गरेको छ,’ तमुले भने, ‘न ओमान बस्न मन छ, न त छाड्न सकेको छु । एकदमै ठूलो ट्रयापमा परियो ।’

पोखरीचौरी ३, काभ्रेका रत्नप्रसाद गौतम करारपत्रअनुसार कम्पनीले सेवासुविधा नदिएको बताउँछन् । ‘एक सय २० रियाल दिने भनिए पनि सुरुमा कम्पनीले ७० रियाल मात्रै दिन्छ,’ उनले भने, ‘वर्षौंसम्म काम गर्दा पनि तलब बढाउने गरेको छैन । ओभरटाइमले मात्रै बाँच्ने हो ।’

राम्रो स्वास्थ्य बिमा नहुँदा कम्पनीमा केही भइहाले उपचार गर्न नेपाल नै पुग्नुपर्छ । ‘गोरखाका केशवप्रसाद पराजुलीलाई काम गर्दा सर्पले टोक्यो । ओमानमा चित्तबुझ्दो उपचार भएन । अहिले नेपालमै गएर उपचार भइरहेको छ,’ बेंसीसहर, लम्जुङका दिनेश पाण्डेले भने, ‘यहाँ अर्को कम्पनीमा गएर काम गर्न पाइँदैन । नेपाल गएर अर्को देश जानुपर्दा अर्को एक डेढ लाख रुपैयाँ बुझाउनुपर्छ । त्यही भएर बसिरहेका छौं ।’

सिरहाका सुरेश यादव कम्पनीमा फोरम्यान हुन् । नेपाली कामदारका समस्यालाई व्यवस्थापनसमक्ष उनैले लैजान्छन् । ‘हामी दाजुभाइ मिलेर बसेका छौं । मैले सक्दो सहयोग गरेको छु । कम्पनीसमक्ष नेपाली कामदारको समस्या पनि पुर्‍याइरहेको हुन्छु,’ उनले भने, ‘साथीहरू यहाँ पैसा कमाउन आएका हुन् । त्यो नै कम छ । व्यवस्थापनले सुनिरहेको छैन ।’

१० वर्षदेखि इलेक्ट्रिकल सुपरभाइजर रहेका योगनियाँ १, सप्तरीका रामनन्द मण्डल अमात्य श्रमसम्झौता गरे मात्रै नेपालीको तलब बढ्ने ठान्छन् । ‘नेपालमा जतिको करारपत्र बने पनि यहाँ पाइन्न,’ उनले भने, ‘ओमानसँग श्रमसम्झौता गरेर नेपालीले पाउने न्यूनतम तलब निर्धारण गर्नुपर्छ । त्यो भए मात्रै हाम्रो तलब बढ्छ ।’

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...