बाढीले भारत पु¥याएको गैंँडा नेपाल ल्याउने तयारी, एउटा गैंडा मृत भेटियो

चितवन -बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पु¥याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ ।हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन् । निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंँडाको खोजी गर्दै आएका  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार बाल्मिकी नगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा दुई वर्षको गैँंडा देखिएको छ ।
नदीले बगाएर लगेपछि त्यहाँ उत्रिएको सो गैंँडालाई ल्याउने प्रयास थालिएको छ ।

यस सम्बन्धमा भारतीय अधिकारीसँग कुराकानी भइसकेको भन्दै उहाँले नारायणगढ–बुटवल सडक खण्डको दाउन्नेमा बाटो सुचारु भएमा सो गैँंडा आजै ल्याइने बताए ।

सौराहाबाट प्राविधिक टोली आज त्यसतर्फ गएको छ । बस्तीको बीचमा रहेकाले तत्काल उद्धार गर्न आवश्यक भएको अर्यालले बताए ।

भारतीय बाल्मिकी टाईगर रिजर्बका डिएफओ र सरकारी अधिकारीसँग समन्वय भइसकेकाले बाटो सुचारु भएलगत्तै काम अघि बढ्ने उनले बताए ।
बाढीले अर्को एक गैँंडा भारतकै बाल्मिकी नगरमा पु¥याएको छ ।

त्यसैगरी नवलपरासीको नर्सही भन्ने ठाउँमा एउटा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा एउटा र बाल्मिकी आश्रममा एउटा गैंँडा भेटिएका छन् । यी गैँंडा जंगलमा रहेकाले पानीको मात्रा घटेपछि उद्धार गरी निकुञ्जमा ल्याइने उनले बताए । ती गैंँडाको सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढीकै कारण डुमरिया पोष्टमा एक रतुवा र एक चित्तल, अमलटारी क्षेत्रमा दुई चित्तल, ध्रुवमा एक चित्तल, निकुञ्जभित्रको सेरीमा एक चित्तल मृत अवस्थामा भेटिएका छन् । राप्ती र नारायणीको बाढीले अरु धेरै जनावर बगाएको र मरेको अनुमान गरिएको छ । यद्यपि पहिलोचरणमा दुर्लभ वन्यजन्तुको खोजीलाई तीव्रता दिइएको छ ।

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...